काठमाडौंं । संसद विघटनका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ । पुस ७ गतेदेखि शुरु भएको बैठक पुस १९ गते स्थगित भएको थियो ।

बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने विषयमा छलफल हुने केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।

कांग्रेसमा संस्थापन पक्ष सर्वोच्च अदालतको फैसला पर्खने पक्षमा छ । रामचन्द्र पौडेल समूह सडक आन्दोलनको पक्षमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय