उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नं. २ मा श्रीमानले श्रीमतिलाई बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।
उर्लाबारी– २ सिरुझारमा शुक्रबार दिउँसो श्रीमानले बञ्चरो प्रहार गर्दा गम्भिर घाइते भएकी श्रीमतिको मृत्यु भएको हो । घरायसी कुरामा विवाद हुँदा ५० बर्षीया डिकबहादुर राईले बञ्चरोले प्रहार गरेर आफ्नै श्रीमति ३५ वर्षिया दिलमाया राईको हत्या गरेको प्रहरीले जनाएको छ । बञ्चरो प्रहारबाट गम्भिर घाईते राईको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारपश्चा थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।
मृतक राई बैदेशिक रोजगारीबाट फर्किएर घरमा आउँदा श्रीमान्सँग झगडा हुँदै आएको छिमेकीहरुले बताएका छन् । माइली श्रीमति दिलमाया र डिकबहादुर सम्बन्ध विछेच्दको कानुनी प्रक्रियामा रहेका थिए । हत्या गर्ने डिकहादुरलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय