
उर्लाबारी । नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) विभाजन भइसकेको छ । तर, कसले बैधानिकता पाउने हो भन्ने बारेमा निर्णय भइसकेको छैन ।
बहुमत पक्षको नेतृत्व प्रचण्ड–नेपाल समूहको देखिन्छ । तर, पनि ओली समूह आफु नै बैधानिक पार्टीको दाबी गर्न छोडेको छैन । ओली समूहले देशैभरी गतिबिधि आक्रमक रुपमा अघि बढाएको छ । केन्द्रीय सदस्य तथा मन्त्रीको लोभ देखाएर ओलीले प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्ता तान्ने प्रयास गरिरहेका छन् ।
यसैबीच उर्लाबारीमा पनि अंकगणितमा प्रचण्ड–नेपाल समूह मजबुद देखिन्छ । तर, ओली समूहले उर्लाबारीमा आक्रमक रुपमा गतिबिधि बढाइरहेको छ । पार्टीका उर्लाबारी नगर संयोजक उमाकान्त गौतम, भूपाल जिमी, अग्नी भट्टराई, पुष्प ढकाललगायत ओली समूहका संगठन बढाउन खटिन थालेका छन् । त्यस्तै, युवा संघ उर्लाबारी सह–संयोजक योगेश बस्नेत, भीष्म बुढाथोकीलगायत ओली समूह युवा परिचालनमा खटिएरहेका छन् ।
यता उर्लाबारीमा मजदुत देखिएका प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्ता भने मौन रुपमा बसेका छन् । उर्लाबारी क्षेत्रका लोकप्रिय नेता मानबहादुर श्रेष्ठलगायत मौन बस्दा कार्यकर्ताहरु सक्रिय रुपमा खुल्न नसकेको जानकार स्रोत बताए । प्रचण्ड–नेपाल समूहका नेता गंगा बास्तोलालगायत पनि खुलेरै पार्टीलाई मजबुद बनाउन लागेका छैनन् ।
यता युवा संघका उर्लाबारी नगर संयोजक राजिब लिम्बू, जिल्ला सदस्य दिपक आले मगर,टिका भट्टराईलगायत युवाहरु खुलेरै प्रचण्ड–नेपाल समूह युवा परिचालनमा जुटेका छन् ।