
काठमाडौं,भारतले अनुदानस्वरूप नेपाललाई दिने कोरोनाविरुद्ध खोपको १० लाख डोज आज (बिहीबार) काठमाडौं ल्याइँदै छ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार बिहीबार बिहान ११:३० बजे एयर इन्डियाको विमानबाट खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्याइनेछ।
ncell
खोपलाई विमानस्थलस्थित कार्गो भवनको कोल्ड स्टोरमा राखिनेछ र त्यसपछि टेकुस्थित केन्द्रीय स्टोरमा लगिनेछ।
खोप बढीमा पाँच दिनभित्र देशका सात प्रदेशमा पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।