काठमाडौं, भारतले नेपाललाई कोरोना संक्रमणविरुद्धको खोप १० लाख डोज उपलब्ध गराउने भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन्।

खोप भोलि नेपाल आउने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

भारतले कोभिसिल्ड नामक खोप नेपाललाई अनुदानमा उपलब्ध गराउनलागेको हो।

खोपको पहिलो खेप भोलि नै काठमाडौं आइपुग्ने स्वास्थ्यमन्त्री त्रिपाठीले जानकारी दिए।

उनका अनुसार कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिनेलाई खोप लगाउन सुरु गरिनेछ। खोप सहयोग गरेकोमा मन्त्री त्रिपाठीले भारतलाई धन्यवाद दिए।

सोमबार बसेको भारतको स्वास्थ्य मन्त्रालय, विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय र औषधि विभागको संयुक्त बैठकले नेपाललगायत भारतका अत्यन्त नजिकका छिमेकी मुलुकमा सीमित संख्यामा कोरोना खोपको डोज पठाउने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार बुधबार अर्थात् आजदेखि नै खोप पठाइने भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको थियो।

यसअनुसार नेपाल, भुटान, सेसल्स, अफगानिस्तान र बंगलादेशलाई सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिसिल्ड खोप प्रदान गरिनेछ भने मंगोलिया, ओमान, म्यान्मार, फिलिपिन्स, बहराइन, मालद्वीप र मरिसियसलाई चाहिँ भारत बायोटेक कम्पनीले उत्पादन गरेको खोप पठाइने बताइएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय