उर्लाबारी । मोरङको उर्लाबारी–४ स्थित दृष्टीविहीन दम्पतिको घर भत्किएर कामै नलाग्ने भएपछि सहयोगको अपिल गरेका छन् ।
पाँच बर्षअघि न्यानो अभियान नेपालले जस्ताको छानो लगाएर अस्थायी बाँसको घर बनाइदिएको थियो । अहिले बाँसहरुले काम गर्न छोडेपछि दृष्टीविहीन दम्पतिले सहयोगको अपिल गरेका हुन् । उर्लाबारी–४ विशाल टोलका ३४ वर्षीय होमबहादुर बयलकोटी र २७ वर्षीया सम्झना लिम्बूले घरको अवस्था ज्यादै नाजुक भएकाले समस्यामा परेको बताएका छन् । बाँसले बनाएका बेराहरु भत्किएका कारण सुत्न समस्या भएको होमले बताए । आर्थिक अवस्था कमजोर भएका कारण घर बनाउन नसकेको उनले गुखेसो पोखे । मुढा बुनेर जीविकोपार्जन गर्दै आएका यी दृष्टीविहीन दम्पतिलाई यतिबेला सबैको साथ र सहयोगको खाँचो रहेको अपाङ्गता भएका ब्यक्तिहरुका अध्यक्ष ब्यासकुमार लिम्बूले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय