उर्लाबारी । उर्लाबारी नगरपालिकाले सडक अतिक्रमण रोक्ने अभियान थालेको छ । १ सय ५ फिटभित्र नयाँ संरचना निर्माणका कार्य रोक्नुको साथै सडक क्षेत्रभित्र पर्ने सडकमा ब्यापार, ब्यवसाय वा अनावश्यक सामग्री राख्न निषेध गरेको छ ।
पूर्वपश्चिम राजमार्गको मावा खोलादेखि सुनझोडा पुलसम्म सडक अतिक्रमण रोक्न नगरपालिका सक्रियपूर्वक लागि परेको छ भने भित्री सडकहरुमा समेत अनावश्यक सामाग्री राख्ने कार्यलाई निषेध गर्दै कडाई गरिरहेको छ । पौष २७ गते उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोसहितको टोलीले नयाँ पक्की संरचना भत्काइदिएका छन् । उर्लाबारी–४ मा केशब सुवेदीले १ सय ५ मिटरभित्र निर्माण गर्दै गरेको पक्की संरचना जेसीबीमार्फत भत्काइयो भने उर्लाबारी–३ मा अम्बिका खतिवडाले पनि निर्माण गर्दै गरेको पक्की संरचनासमेत भत्काइयो । सडक अतिक्रमण गरी राखेका सुन्तलादेखि कुखुराका चल्लासमेत नगरपालिकाको गाडीमार्फत नगरपालिका लगियो । पटक पटक सूचना प्रवाह गर्दासमेत अटेरी गरेका कारण पक्की संरचना भत्काएको नगरप्रमुख फागोले दाबी गरेका छन् । उनले सडक अतिक्रमण नगर्नसमेत नगरबासीहरुलाई अनुरोध गरेका छन् । उनले सडक अतिक्रमण नगर्न र जिम्मेवार नागरिक बन्न आब्हान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय