
काठमाडौं । प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध दायर भएका रिट निवेदनको सुनुवाइ आज हुने भएको छ ।
संवैधानिक इजलासमा हुने हो वा बृहत् पूर्णइजलासमा हुने भन्ने सम्बन्धमा अझै अन्योल छ । प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध दायर भएका १३ वटा रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासबाट हटाई बृहत् पूर्णइजलासमा हुनुपर्ने माग गर्दै निवेदकहरूले याचना गरेका छन् ।
रिट निवेदनहरू कुन इजलासमा सुनुवाइ गर्ने भन्ने सम्बन्धमा कानून व्यवसायी र न्यायाधीशहरूबीच छलफल भएको छ । टुंगो लाग्न सकेको छैन ।
पुस २२ गते बसेको संवैधानिक इजलासले अबको सुनुवाइ आज बस्ने गरी तोकेको थियो ।
पुस १० गते बसेको संवैधानिक इजलासले २२ गतेदेखि निरन्तर सुनुवाइ हुने गरी आदेश गरेको भए पनि सो मितिमा भने इजलासले यही पुस २९ गते मात्र सुनुवाइ गर्ने गरी मिति तोकेको थियो ।