
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देशहरुसँगको सम्बन्ध बिग्रिन्छ भनेर नबोली रहन नसकेको बताएका छन् ।
आफ्ना अधिकारको कुरा गर्दा कसैले पनि चित्त नदुखाउने भन्दै प्रधानमन्त्रीले ओलीले देशको नक्सा नै गायव हुँदा देशको प्रधानमन्त्री नकोलेर को कोल्छ भन्दै विरोधीहरुप्रति प्रश्न तेस्र्याएका छन् ।
आइतबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले भारतसँग साँचो मित्रता गर्न चाहेको पनि स्पष्ट पारेका छन् । ‘म भारतसँग साँचो अर्थमा मित्रता गर्न चाहन्छु, यसलाई गहिराईमा पुर्याउन चाहन्छु’, उनले भने ।
उनले कतिपयले आफ्नै कार्यकालमा किन भारतसँग बढी कुरा हुने गरेको छ भन्दै प्रश्न उठ्ने गरेको प्रसंग उठाए । उनले समस्या नउठाउने तर मौका परे राष्ट्रवादी कुरा गर्ने प्रवृत्ति नेपालमा रहेको उनले बताए ।
‘कतिपयले भन्छन्, तपाई नै भएको बेला मात्रै किन भारतसँगको सम्बन्ध यति गहिरो किन बन्छ रु भन्ने प्रश्नको जवाफमा मैले निश्चल मनले गरेको सम्बन्ध सफल हुने बताउँदै आएको छ’, उनले भने, ‘भारतले मिचेको सीमानाका विषयमा आ–आफ्नो भूभाग आफूले लिने हो, अर्काको भूमिमा दाबी गरे सम्बन्ध बिग्रने हो । सुगौलीसन्धीपछि महाकाली पूर्वको भूमि मात्रै हाम्रो भएको भन्दै १४६ वर्षदेखि हामीले भोगचलन गरेको भुभाग हाम्रो नक्साबाट पनि गायब गरियो, हामीले त्यसलाई नक्सामा राख्यौ, संविधानमा राख्यौं, र मित्रतापूर्वक सम्बन्ध पनि कायम छ । हामी नक्सामा मात्रै होइन, व्यवहारमा पनि कायम गरी छाड्छौं । त्यसले कतिपयलाई छटपटी भएको हो ।’
नेपाल विद्युत प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयातका लागि अनुमति पाएको प्रसंग पनि उनले बताए । उनले घुमाउरो ढंगले महाकाली सन्धी कार्यान्वयन प्रारम्भ भएको पनि बताए । नेपालले महाकाली सन्धिअनुसार टनकपुरबाट वाषिर्क ७ करोड युनिट विद्युत निःशुल्क पाउँदै आएको छ भने बाँकी व्यापारिक मूल्यमा खरिद गर्दै आएको छ ।
उनले नक्सामा मात्र नभएर नेपाली भूमि नेपालीकै कायम व्यवहारिक रुपमै गरेर छाड्ने बताए ।