उर्लाबारी । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा बिघटनको बिरुद्ध नेपाली काँग्रेसले आज उर्लाबारीमा पनि विरोध प्रदर्शन गरेको छ । काँग्रेस केन्द्रीय समितिको निर्णय अनुसार मोरङ क्षेत्र नम्बर १ क प्रदेश समितिले विरोध र्याली निकालेको हो ।
उर्लाबारीको स्कुलडाँडाबाट सुरु भएको र्याली चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा प्रमुख आतिथी काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे लोकतन्त्र र संबिधानलाई बचाउन सबै जनता एकजुट हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गरेर देशलाई दुर्घटनामा लैजान खोजेको भन्दै काँग्रेसको नेतृत्वमा आन्दोलन गरेर त्यसलाई परास्त गर्नुपर्ने बताए ।
कम्युनिष्ट सरकारले देश र जनताको हितमा कहिल्यै पनि काम गर्न नसक्ने अहिले आएर पुष्टि भएको उनले बताए । कोणसभामा बोल्दै पार्टीका जिल्ला सल्लाहकार महेन्द्र सुबेदी, महासमिति सदस्य ललित अधिकारीले प्रतिनिधिसभा बिघटनबिरुद्ध एकजुट भई आन्दोलनमा उत्रिन आह्वान गरे । कोणसभा काँग्रेस मोरङ क्षेत्र नम्बर १ क प्रदेश समितिका सभापति प्रकाशचन्द्र थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय