काठमाडौं,नेपालका पनि तीन जनामा बेलायतमा विकसित कोरोना भाइरसको नयाँ भेरिएन्ट (नयाँ प्रजाति) को संक्रमण भएको संकेत पाइएको छ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाकामा निर्देशक डा. वासुदेव पाण्डेका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नुमना परीक्षण गर्दा तीन जनामा नयाँ कोरोनाको संक्रमण भएको संकेत देखिएको हो।

‘तर हामीकहाँ भएको सिस्टमले त्यसको निर्क्याेल गर्न नसक्ने भएकाले थप परीक्षणका लागि नमुना हङकङ पठाउँदै छौं,’ बुधबार बिहान डा. पाण्डेले नेपालखबरसँग भने।

यसकाे पुष्टि गर्न नमुना याे हप्ताभित्र हङकङ विश्वविद्यालयको प्रयोगशालामा पुर्‍याउने याेजना सरकारले बनाएकाे छ।

बेलायतबाट फर्केका ७ जनामा कोरोना पोजिटिभ देखिएकाे र तीमध्ये ३ जनामा नयाँ प्रजातिकाे संक्रमणकाे संकेत देखिएकाे हाे।

सुरुमा बेलायतमा देखिएको यो परिवर्तित नयाँ कोरोना पुरानोभन्दा ७० प्रतिशत बढी संक्रामक छ। विज्ञका अनुसार पुरानो कोरोनाले हजार जनामा फैलिन सक्छ भने यो १७ सय व्यक्तिमा सर्न सक्छ।

तर स्वास्थ्य जटिलताका हिसाबले भने पुरानो कोरोनाभन्दा यसको संक्रमण खासै अन्तर नभएको विज्ञको भनाइ छ।

अहिले यो नयाँ प्रजातिको कोरोना भाइरस भारतसहित धेरै देशमा फैलिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय