उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का १८ बर्षीय सन्दिप भण्डारीको रहस्यमय मृत्यु भएको भन्दै पीडित परिवारले नेकपा (ओली समूह) का केन्द्रीय सदस्य युवराज वास्कोटालाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
सोमबार  कुराकानी गर्दै सन्दिपका बुवा गोपाल भण्डारीले नेता बास्कोटाको घरमा छोराको रहस्यमय मृत्यु भएकाले उनीमाथी छानविन गर्न माग गरेका हुन् । नेकपाको केन्द्रीय सदस्य भएकै कारण प्रहरीले बास्कोटालाई पक्राउ गरी अनुसन्धान नगरेको उनले आरोप लगाए । उनले सत्यतथ्य बाहिर ल्याउन पनि बास्कोटालाई पक्राउ गर्नु पर्ने बताए । केही समयदेखि छोरालाई विभिन्न प्रलोभनमा पारी नेता बास्कोटाले प्रयोग गर्दै आएको र उनकै घरमा मृत अवस्थामा फेला पर्नुले पनि घटना नियोजित देखिएको भण्डारीको भनाई छ । बास्कोटाको योजनामा छोरालाई अन्य स्थानमा हत्या गरी कोठामा सुताएको र आफुहरु पुग्नुअघि नै मुचुल्का तयार पार्नुले पनि घटना षड्यन्त्रपूर्ण रहेको आशंका गरेको उनले बताए । घटनाको सत्यतथ्य बाहिर ल्याउन भन्दा पनि प्रहरीले बास्कोटाको बचाउ गरी पीडित परिवारलाई न्यायको साटो थप पीडा दिएको उनले बताए । आफूहरुले बास्कोटाविरुद्ध किटानी जाहेरी दिएको सन्दिपका दाजु दिवस भण्डारीले बताए । अहिलेसम्म वास्कोटा पक्राउ नपर्नुले पनि प्रहरीकै मिलोमतो हुन सक्ने उनले आशंका गरे । दोषी हो वा होइन अनुसन्धानबाट खुल्ने हो तर, खोई अहिलेसम्म बास्कोटा किन पक्राउ परेनन् दिवशले प्रश्न गरे । बास्कोटा खराब ब्यक्ति भएको र उनीसँग हिमचिम नगर्न भाईलाई पटक पटक भनेपनि नमानेका कारण यो घटना भएको उनको भनाई छ । पौष १४ गते विहान नेता बास्कोटाको घरमा भण्डारीको सुतेकै ठाउँमा मृत्यु भएको थियो । यसविषयमा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी दिलिपकुमार गिरीसँग बुझ्न सम्पर्क गर्दा फोन उठाएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय