उर्लाबारी । भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले मोरङको उर्लाबारीमा ओली पक्ष नेता तथा कार्यकर्ता भेला पारेर कोठे भेला गरेकी छिन् ।
पूर्व आएको बेला मन्त्री तुम्बाहाङ्फेले आज गृह नगर उर्लाबारीमा कोठे भेला गरेकी हुन् । मन्त्री तुम्बाहाङ्फेका जेठाजु भूपाल जिमीको घरको छतमा भेला भएको थियो । मन्त्री तुम्बाहाङ्फेले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले आधिकारिकता र सूर्य चुनाव चिन्ह पनि पाउने सहभागीलाई बताएकी थिइन् । भेलामा नेकपा मोरङका अध्यक्ष ऋषीकेश पोख्रेल, केन्द्रीय सदस्य घनश्याम खतिवडा, रुपेश खतिवडा, भूपाल जिमी, उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारी, वडा नं. १ का वडाध्यक्ष मचिन्द्र कार्की, वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्कीलगायतको सहभागिता रहेको थियो । केही जनप्रतिनिधि तथा कार्यकर्ताहरुहरुको पनि सहभागिता रहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय