काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४२६ जना नयाँ संक्रमित थप भएका छन् ।

पीसीआर विधिबाट ५ हजार २२५ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ६१ हजार १९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ५३ हजार १०७ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८६४ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४८ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १९ लाख ३७ हजार ७०२ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ६ हजार ४८ जना आइसोलेसन र ३६७ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय