कनकाई। झापाको कनकाई नगरपालिकाले मेयर राजेन्द्र पोखरेलको बुवाको निधन भएको शोकमा आज नगरपालिकाभर सार्वजनिक विदा दिइएको छ ।

मेयर पोखरेलका बुवा गणेशप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा यही पुस १५ गते निधन भएको थियो । उनको निधनको शोकमा नगरपालिकाले बिहीबार एक दिन नगरपालिकाभर सार्वजनिक विदा दिएको हो ।

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले जारी गरेको सार्वजनिक सूचनामा आज कनकाई नगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरुमा समेत सार्वजनिक विदा दिइएको उल्लेख छ ।

गणेशप्रसाद पोखरेल तत्कालीन सुरुङ्गा गाउँ पञ्चायतमा चार पटकसम्म प्रधानपञ्च बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय