काठमाडौं। दरबार हत्याकाण्डको छानबिन गर्न जनताको मत पाएका सत्तासिनलाई अधिकार रहेको पूर्वराजा ज्ञानेन्द्र शाहले बताएका छन्।

झापाको दमकमा रहेका ज्ञानेन्द्रले राजा वीरेन्द्रको जन्मोत्सवको दिन मंगलबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले लेखेका छन्,‘ प्रत्यक्षरपरोक्ष रूपमा विभिन्न भावभङ्गीमा हाम्रो परिवारमाथि हाम्रा प्रिय दाजु र वहाँको परिवारको अन्त्यका विषयमा भनिने कुराहरूले हामीलाई निक्कै मर्माहत तुल्याउने गर्दछ। जनताको मत पाएका सत्तासिन व्यक्तिहरूलाई वहाँको हत्याको छानबीन गर्ने पूर्ण अधिकार छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय