
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७०८ जना नयाँ संक्रमित थप भएका छन् ।
पीसीआर विधिबाट ६ हजार १३५ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ५९ हजार ५४८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७३१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ५१ हजार ३१२ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८४० जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३९६ छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा १९ लाख २१ हजार ३६७ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ६ हजार ३९६ जना आइसोलेसन र ३६५ जना क्वारेन्टिनमा छन् ।