उर्लाबारी । पूर्वअध्यक्षहरुको ‘रैबया’का बाबजुद उर्लाबारी जेसीज २०२१ को नेतृत्व चयन भएको छ ।
शाखा अधिवेशनले अध्यक्षमा अशोक धिमाललाई सर्वसम्मत चयन गरेको हो । अध्यक्ष पदमा लोलिम पोमु, सिताराम ओझा, अशोक धिमाल र तारानाथ दाहालको दाबी रहेको थियो । ओझाले सर्वसम्मत भएमात्र नेतृत्व लिने बताउँदै आएका थिए भने धिमाल, पोमु र दाहाल चुनाबी प्रक्रियाबाट भएपनि अध्यक्ष बन्ने दाउमा थिए । तर, दबाब र प्रभावको भरमा अन्यलाई उम्मेद्वारी फिर्ता गर्न लगाई धिमाललाई सर्वसम्मत अध्यक्ष चुनेको घोषणा गरिएको छ । तीन दिनदेखि नेतृत्व कसले हत्याउने भन्ने विषयमा तीब्र विवाद रहेको थियो । पूर्वअध्यक्षहरुसमेतले विभिन्न उम्मेद्वारहरुलाई आश्वासन दिएका कारण नेतृत्व चयनमा ढिलाई भएको बुझिएको छ । निर्वाचन समितिले पौष ११ गते नै निर्वाचनको तालिका सार्वजनिक गरेको भएपनि सहमतिका लागि भन्दै पटक पटक उम्मेद्वारी फिर्ताको समय थपेको थियो । उम्मेद्वारहरुको असन्तुष्टि बढ्दै गएपनि तीन दिनसम्म सहमतिको नाममा म्याद थप गरेको एक उम्मेद्वारले बताए । उनले गुनासो गर्दै भने–‘ अन्तिममा टिके तरिकाले नेतृत्व चयन गरियो । ’
सोमबार साँझ सम्पन्न अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा सन्दिप पौडेल र नवीन श्रेष्ठ,कानुनी सल्लाहकारमा तारा खतिवडा,महासचिवमा प्रेमराज शर्मा र कोषाध्यक्षमा तारानाथ दाहाल रहेका छन् । त्यस्तै, सचिबमा सन्ध्या खड्का, उपाध्यक्षमा टीकाप्रसाद अधिकारी , दिनेश दाहाल , हेमन्त थापा, रन्जित श्रेष्ठ र जन सम्पर्क अधिकारीमा सुस्मा बस्नेत चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय