काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६५९ जना नयाँ संक्रमित थप भएका छन् ।

पीसीआर विधिबाट ५ हजार ५७८ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ५८ हजार ८४० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ५० हजार ५८१ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८३२ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४२७ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १९ लाख १५ हजार २३२ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ६ हजार ४२७ जना आइसोलेसन र ३६९ जना क्वारेन्टिनमा छन् ।

तीन दिनयता क्वारेन्टिनमा रहनेको संख्या घटबढ नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय