काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७ जना संक्रमितले ज्यान गुमाएका छन् भने ७१८ जना निको भएर डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ८३२ जना र निको भएर डिस्चार्ज हुनेको संख्या २ लाख ५० हजार ५८१ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६५९ जना नयाँ संक्रमित थप भएका छन् । संक्रमित हुनेमा २५२ जना महिला र ४०७ जना पुरुष छन् ।

पीसीआर विधिबाट ५ हजार ५७८ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ५८ हजार ८४० जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४२७ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा १९ लाख १५ हजार २३२ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ६ हजार ४२७ जना आइसोलेसन र ३६९ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय