उर्लाबारी । उर्लाबारी जेसीजको अध्यक्षका लागि सहमतिका प्रयास सफल हुन सकेको छैन । उर्लाबारी जेसीजको पौष १० गते बार्षिक साधारणसभा र पौष ११ गते शाखा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, हालसम्म पनि सहमतिको नाममा निर्वाचन समितिले निर्वाचन गर्न अलमल गरिरहेका छन् । उर्लाबारी जेसीजको नेतृत्वका लागि लोलिम पोमु, सिताराम ओझा, अशोक धिमाल र तारानाथ दाहालको दाबी छ । त्यस्तै, कार्यकारी उपाध्यक्षमा संदिप पौडेल, भीमप्रसाद घिमिरे, ताराप्रसाद खतिवडा, नविन श्रेष्ठ, टिकाप्रसाद भट्टराईले उम्मेद्वारी दर्ता गराएका छन् । ५ जनामध्ये २ जना कार्यकारी उपाध्यक्षमा निर्वाचित हुनेछन् ।
त्यस्तै, उपाध्यक्षमा चेतन भट्टराई, पार्वती थापा, दिनेश दाहाल, सुजित जैसवाल, देवेन्द्र खड्का, रजित श्रेष्ठ, हेमन्त थापा र टिकाराम अधिकारीले उम्मेद्वारी दर्ता गरेका छन् । ८ जनामा ४ जना उपाध्यक्षमा चयन हुनेछन् । त्यस्तै, जनसम्पर्क अधिकारीमा सुष्मा बस्नेतको उम्मेद्वारी परेको छ । बस्नेतको मात्रै उम्मेद्वारी परेकाले उनी सर्वसम्मत चयन भएकी छिन् । अन्य पद भने अध्यक्षले मनोनित गर्ने छन् । नेतृत्वका लागि सहमति नभएकाले अन्य पदका उम्मेद्वारहरुसमेत अन्यौलमा रहेका छन् । निर्वाचन समितिले आफ्नो जिम्मेवारी पूरा गर्ने भन्दा पनि दबाबमा परेर पटक पटक उम्मेद्वारी फिर्ताको समय सारिरहेको भन्दै अधिकांश रुष्ट बनेका छन् । आजसम्म पनि निर्वाचन समितिले काम गर्न नसके भङ्ग गरेर विशेष साधारणसभाको माग गर्ने तयारी भइरहेको छ । निर्वाचन समितिलाई निर्वाचन गर्ने जिम्मा दिएको हो की सहमति गराउने ? एक उम्मेद्वारले आक्रोशित हुँदै भने–‘कहिलेसम्म झुल्याउने ? ’
अध्यक्षका प्रत्यासी छोड्ने मुडमा छैनन्
अध्यक्षका प्रत्यासी तारानाथ दाहाल, लोलिम पोमु र अशोक धिमाल छोड्ने मुडमा छैनन् । पटक पटक भएका सहमतिका पहलहरु सफल बन्न नसकेको कारण अब चुनाबको विकल्प नभएको बताइन्छ । दाहाल र धिमाल यसअघि देखि नै अध्यक्षका दाबेदार भएको र जेसीजमा ठूलो योगदान गरेका कारण यस पटक आफुले नेतृत्व पाउनु पर्ने बताउँदै आएका छन् । त्यस्तै, पोमुले पनि अध्यक्षमा आफ्नो तयारी अघि बढाएका कारण पछि हट्न सक्ने अवस्था नरहेको बुझिएको छ । यता ओझाले पनि आफ्नो पक्षमा सर्वसम्मत बनाउन प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय