उर्लाबारी । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले स्थापना भएको संस्था हो, जेसीज । साथै सामुदायिक तथा सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि जेसीजले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस संस्थामा १८ देखि ४० वर्ष उमेर समुहका युवाहरु आवद्ध हुन्छ ।
प्रशंग हो, यतिबेला उर्लाबारी जेसीजको । पौष १० गते उर्लाबारी जेसीजको बार्षिक साधारणसभा सम्पन्न भयो । ११ गते शाखा अधिवेशन तोकिएको थियो । सोही दिन मध्यान्ह १२ः३० बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने सूचना प्रवाह गरेपनि हालसम्म निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको छैन । पूर्वअध्यक्ष तथा निर्वाचन समितिको ढिलासुस्तीका कारण पटक पटक निर्वाचनको समय सार्ने काम भएको भन्दै उम्मेद्वारहरु रुष्ट छन् । निर्वाचन समितिले निर्वाचन गर्न अटेरी गरेको एक उम्मेद्वारले बताए । सर्वसम्मत हुन नसक्दा पनि किन निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि नबढाएको उनको आरोप छ ।
को को छन्, उम्मेद्वार
उर्लाबारी जेसीजको नेतृत्वका लागि लोलिम पोमु, सिताराम ओझा, अशोक धिमाल र तारानाथ दाहालको दाबी छ । त्यस्तै, कार्यकारी उपाध्यक्षमा संदिप पौडेल, भीमप्रसाद घिमिरे, ताराप्रसाद खतिवडा, नविन श्रेष्ठ, टिकाप्रसाद भट्टराईले उम्मेद्वारी दर्ता गराएका छन् । ५ जनामध्ये २ जना कार्यकारी उपाध्यक्षमा निर्वाचित हुनेछन् ।
त्यस्तै, उपाध्यक्षमा चेतन भट्टराई, पार्वती थापा, दिनेश दाहाल, सुजित जैसवाल, देवेन्द्र खड्का, रजित श्रेष्ठ, हेमन्त थापा र टिकाराम अधिकारीले उम्मेद्वारी दर्ता गरेका छन् । ८ जनामा ४ जना उपाध्यक्षमा चयन हुनेछन् । त्यस्तै, जनसम्पर्क अधिकारीमा सुष्मा बस्नेतको उम्मेद्वारी परेको छ । बस्नेतको मात्रै उम्मेद्वारी परेकाले उनी सर्वसम्मत चयन भएकी छिन् । अन्य पद भने अध्यक्षले मनोनित गर्ने छन् ।
टिके प्रथाको विरोध
केहीले गुटगत रुपमा जेसीजलाई राजनीतिक आडमा टिके नेतृत्व चयन गर्न खोजेको भन्दै उम्मेद्वारले नै विरोध जनाएका छन् । केही पूर्व अध्यक्षका कारण जेसीजलाई कमजोर बनाउने खेल भएको भन्दै सर्वसम्मत नभए निर्वाचन प्रक्रियामा अघि बढाउन उम्मेद्वारहरुको माग छ । कोठे बैठक बन्द गरेर जेसीजको हितमा काम गर्नेलाई निर्वाचित गराउन अपिल गरेका छन् । राजनीति रुपमा समेत जेसीज नेतृत्वमा बारेमा छलफल हुनु दुखको कुरा भएको उल्लेख गर्दै जेसीजलाई राजनीतिक मुक्त बनाएर अघि बढ्नु पर्ने एक पूर्वअध्यक्षको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय