उर्लाबारी । उर्लाबारी जेसीजको नयाँ नेतृत्व चयनमा ढिलासुस्ती भएको छ ।
बार्षिक साधारणसभा सम्पन्न गरी शाखा अधिवेशनले हिजै नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने तालिका सूची सार्वजनिक गरेको थियो । तर, हालसम्म पनि सहमतिको नाममा निर्वाचन समितिले ढिलासुस्ती गरेको आरोप लागेको छ । चार जनाले नयाँ नेतृत्वका लागि उम्मेद्वारी दर्ता गरिसकेका छन् ।

अधिकांश उम्मेद्वारहरुले निर्वाचन प्रक्रियामा जान भनेपनि निर्वाचन समिति आफै सर्वसम्मतको पहलमा लागेकाले ढिलासुस्ती गरेको बताइएको छ । आज विहानसम्म पनि अध्यक्षका प्रत्यासी लोलिम पोमु, सिताराम ओझा, अशोक धिमाल र तारानाथ दाहालबीच सहमति नभएको बुझिएको छ । चाँडो निर्वाचन प्रक्रिया अगाडि बढाउन उम्मेद्वारहरुले दबाब दिइरहेका छन् । सर्वसम्मत चयन भएको खण्डमा मात्र नेतृत्व लिने पक्षमा ओझा देखिएका छन् भने अन्य तीन जना चुनाबी प्रक्रियाबाट भएपनि अध्यक्ष बन्ने तयारीमा छन् । अन्य पदमा समेत उम्मेद्वारी दर्ता भएको छ ।

सहमतिको नाममा कसरीले सम्म अलमल गर्ने एक सदस्यले आक्रोश पोखे । सहमतिमा नेतृत्व चयन हुने सम्भावना कम रहेको जानकार स्रोत बताउँछ । पूर्वअध्यक्षहरु सहमतिको वातावरण बनाउन लागि परेपनि हालसम्म सकारात्मक दिशा लिन नसकेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय