काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीको एउटा समूहको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भिर आरोप लगाएका छन्।

शुक्रबार पत्रकार सम्मेलनका क्रममा उनले ओली बाहिर मिठो बोल्ने र भित्र भित्र छुरा घोप्ने मानिस भएको आरोप लगाए। उनले ओलीले भनेका सबै कुरा मानेका कारण अहिलेको अवस्था आएको बताए।

उनले भने,‘आलोपालो छाड्नु मेरो गल्ती भयो, मलाई कार्यकारी अध्यक्ष भन्दा मानिदिएँ।’

यसैगरी रामबहादुर थापा बादल झुक्किएर ओली समूहमा पुगेको हुनसक्ने टिप्पणी गरेका छन् । संसद भंग भएको दुई दिनपछि ओली र प्रचण्ड–माधव समूहले बोलाएको छुट्टा–छुट्टै केन्द्रीय कमिटीको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल अनुपस्थित भएका थिए ।

ओली समूहको बैठकलाई सम्बोधन गर्दै उनले मध्यावधि निर्वाचन अग्रगमन र संसद पुनस्र्थापनाको माग पश्चगमन भएको बताएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय