
काठमाडौं । ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको उपाधि जितेको छ ।
आज दशरथ रंगशालामा भएको खेलमा ललितपुरले लगातार दोस्रो पटक एनएसएलको उपाधि जितेको हो ।
फाइनलमा पोखरा थण्डर्सलाई २–१ ले पराजित गर्दै ललितपुर तेस्रो संस्करणमा अपराजित रहेर च्याम्पियन बन्यो ।