उर्लाबारी । उर्लाबारी सहकारी सञ्जालको ५ औं बार्षिक साधारणसभाले पुनः सीता कार्कीको अध्यक्षता नयाँ समिति चयन गरेको छ ।
समितिको उपाध्यक्ष गणेश खत्री, सचिबमा गीता खतिवडा, सहसचिबमा सर्सुदेवी गुरुङ र कोषाध्यक्षमा राजेन्द्र आचार्य चयन हुनुभएको हो । त्यस्तै, सदस्यहरुमा टिकाप्रसाद अधिकारी, छत्रबहादु्र कार्की, ईन्द्र संग्रौला, केदार खनाल, गोपाल श्रेष्ठ र चक्र खड्का रहनुभएको छ । यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा ज्ञानेन्द्र भट्टराई तथा सदस्यहरुमा प्रदिप खनाल र ईन्दु कार्की चयन हुनुभएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका अध्यक्ष प्रेमप्रकाश कोइरालाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा जिल्ला सहकारी संघ मोरङका संचालक सदस्य चन्द्र भट्टराई, नेफस्कुनका पूर्व संचालक गोमा नेपाल, जिल्ला सहकारी संघ मोरङका पूर्व अध्यक्ष तेजकुमार रिजाललगायतले बोल्नुभएको थियो । सभामा सञ्जाललाई विशेष सहयोग पु¥यानु हुने सहकारीका कर्मचारीहरु चक्र खड्का, चित्र न्यौपाने, सुनिल सुवेदी र ज्ञाननाथ सुवेदीलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय