उर्लाबारी । मोरङको उर्लाबारीमा सम्पन्न छैटौं संस्करणको उर्लाबारी मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १ ले चुमेको छ ।
उर्लाबारी–३ को मंगलबारेस्थित सालबारी खेलमैदानमा भएको फाइनल खेलमा वडा नम्बर ५ लाई ट्राईबेकरमा हराउँदै १ नम्बर वडाले उपाधि जितेको हो । जितसँगै १ नम्बर वडाले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने वडा नम्बर ५ ले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । मंगलबारे युवा क्लबको आयोजनामा भएको उक्त प्रतियोगितामा उर्लाबारी नगरका ९ वटै टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय