उर्लाबारी । मोरङको उर्लाबारीमा जारी छैटौं संस्करणको मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर ५ पुगेको छ ।
सोमबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ६ लाई ३–१ को गोल अन्तरले पराजित गर्दै वडा नम्बर ५ फाइनलमा पुगेको हो । वडा नम्बर ५ को जितका लागि सुगम मगर दुई गोल गरे भने आयुष मगरले १ गोल गरे । वडा नम्बर ६ का मनिस कार्कीले १ गोल गरेपनि टिमलाई हारबाट बचाउन सकेनन् । खेलमा वडा नम्बर ५ का सुगम मगर म्यान अफ दि म्याच घोषित भए । मंगलबार वडा नं. १ र २ को विजेतासँग फाइनलमा वडा नम्बर ५ ले खेल्नेछ । यही वैशाख १० गतेफाइनल हुनेछ । सो प्रतियोगिताको विजेताले ७५ हजार नगद, उपविजेताले ५० हजार नगदसहित ट्रफी , मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । मंगलबारे युवा क्लबको आयोजनामा उर्लाबारी–३ को सालबारी खेलमैदानमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय