
मधुमल्ला/ नेकपा (एमाले) मिक्लाजुङ गाउँ कमिटी, मोरङको दोस्रो अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट नवीन कार्की अध्यक्षमा विजयी भएका छन्। उनले आफ्ना प्रतिस्पर्धी गोपाल बस्नेतलाई ३० मतको फराकिलो अन्तरले पराजित गर्दै १०३ मत प्राप्त गरे भने बस्नेतले ७३ मत पाएका थिए।
उपाध्यक्ष पदमा यमनाथ पोखरेलले बिजयि भए ।
त्यस्तै, उपसचिव (खुल्ला) पदमा इन्द्र श्रेष्ठले ११५ मत ल्याई विजय हासिल गरे भने उनका प्रतिस्पर्धी रमेश बोहराले ५७ मत प्राप्त गरे। निर्वाचन समितिका संयोजक तेजनाथ घिमिरेका अनुसार निर्वाचन प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको थियो।
यसअघि नै सचिव पदमा चन्द्र लिम्बु, महिला उपसचिवमा उमा नेपाली र लेखा संयोजकमा महेन्द्र भण्डारी निर्विरोध निर्वाचित भइसकेका छन्।
एमाले मिक्लाजुङ गाउँ कमिटीको दोस्रो अधिवेशनले संगठनात्मक सुदृढीकरण र आगामी राजनीतिक कार्यदिशालाई स्पष्ट गर्दै नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनमा स्थानीय प्रतिनिधिहरू, कार्यकर्ताहरू तथा विभिन्न तहका नेताहरूको सक्रिय सहभागिता रहेको थियो।