उर्लाबारी, उर्लाबारी नगरपालिका-८ स्थित जरुवापानीस्थित जीर्ण अवस्थाको पुलबाट स्कुटी खस्दा एक पुरुषको मृत्यु भएको छ। प्रहरीकाअनुसार शुक्रबार राती स्थानीय ५० वर्षीय नरबहादुर लिम्बूको घटनास्थलमै मृत्यु भएको हो।
स्कुटी अनियन्त्रित भई पुलबाट खसेपछि लिम्बूको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।
वर्षोंदेखि नया पुल नबन्दा सो स्थानमा सवारी खस्ने र दुर्घटना बारम्बार भइरहने गरेको भन्दै स्थानियले गुनासो व्यक्त गरेका छन् । यसको निर्माणमा सम्बन्धित निकायको ध्यान नपुगेको स्थानीयवासीहरूको गुनासो छ।
“हामीले पटक पटक नयाँ पुल निर्माणको माग गरेका छौं, तर सुनुवाइ नै भएन,” एक स्थानीय बासिन्दाले बताए, ” स्थानिय सरकारले यो विषयमा जनताको गुनासो बेवास्ता गर्दै आएका छन्।”
वर्खा याम नजिकिँदै गर्दा सो स्थानमा जोखिम अझ बढ्दै गएको पाईएको छ। बालबालिकादेखि वृद्धसम्म उक्त पुल प्रयोग गर्न बाध्य छन्। जनताको सुरक्षाप्रति सरकार जिम्मेवार नभएको भन्दै उनीहरूले तत्काल नयाँ पुल निर्माणको माग समेत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय