उर्लाबारी । मोरङको उर्लाबारीमा सम्पन्न उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि झापाको चारपाने युनाईटेड भेट्रान्सले जितेको छ ।
उर्लाबारी भेट्रान्स फुटबल क्लबको आयोजनामा उर्लाबारी–६ स्थित राधिका माबिको खेलमैदानमा भएको उक्त प्रतियोगिताको फाइनल खेलमा शनिबार दमक लखनपुर भेट्रान्स क्लवलाई २–० गोल अन्तरले हराउँदै चारपानेले उपाधि जितेको हो । चारपानेको जितका लागि कृष्ण शाक्य र दिपेन्द्र श्रेष्ठले एक÷एक गोल गरे । पहिलो हाफको २५ औं मिनेटमा कृष्ण शाक्यले फ्रि–किकमार्फत सानदार गोल गर्दै चारपानेलाई खेलमा अग्रता दिलाए । पहिलो हाफमा दुबै टिमले निकै आक्रमक खेल प्रस्तुत गरेका थिए । दोस्रो हाफको खेल पनि दुबै टिमले सानदार मौका पाएपनि सदुपयोग गर्न सकेनन् । खेलमा थप गरिएको अतिरिक्त समयको अन्तिम मिनेटमा चारपानेका दिपेन्द्र श्रेष्ठले गोल गर्दै टिमको अग्रता बढाए । दमक लखनपुरले पनि केही अवसर पाएपनि सदुपयोग गर्न सकेन । जसकारण दमक लखनपुर उपविजेतामा सिमित बन्यो । उपाधिसँगै चारपानेले १ लाख १ हजार पायो भने दमक लखनपुरले ५१ हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भयो । फाईनल खेलको म्यान अफ दि म्याच दमक लखनपुरका सुभाष आङथोपो घोषित भए भने बेष्ट डिफेन्डर दमककै अजित तुम्वाफो भए । यस्तै, हाईस्कोररको पुरस्कार पनि दमककै खेलाडी दिपेन गिरीले हात पारे । यस्तै, बेष्ट गोल किपरको पुरस्कार चारेपानेका गोल रक्षक रुपक तामाङले हात पारे भने बेष्ट मिडफिल्डर पनि चारपानेका धनबहादुर गुरुङ भए । बेष्ट फवार्डको पुरस्कार चारपानेका दिपेन्द्र श्रेष्ठ र सर्वोत्कृष्ट खेलाडीको पुरस्कार चारपानेका कृष्ण शाक्यले हात पारे । विधागत उत्कृष्ट बनेका सबैलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्र पनि दिइएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि १ घण्टा’ भन्ने नाराका साथ गत चैत्र २७ गतदेखि सो प्रतियोगिता सञ्चालन भएको थियो । कोशी प्रदेशको झापा, मोरङ र सुनसरीका गरी १० टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय