
उर्लाबारी । मोरङको उर्लाबारीमा जारी तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको उपाधिका लागि आज झापाका दुई टिम भिड्दै छन् ।
‘स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि १ घण्टा’ भन्ने नाराका साथ चैत्र २७ गतदेखि सुरु भएको प्रतियोगिताका लागि दमक लखनपुर भेट्रान्स क्लव र चारपाने युनाईटड भिड्ने भएका हुन् । प्रतियोगिताको विजेताले १ लाख १ हजार र उप विजेताले ५१ हजार र आर्कषक ट्रफी हात पार्ने छ । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका गरी १० टिमको सहभागिता रहेको छ । फाईनल खेल दिनको ३ः०० बजे देखि हुने आयोजकले जनाएको छ ।