काठमाडौं । शिक्षा ऐनको माग गर्दै सुरु भएको शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन आज पनि जारी रह्यो ।

नेपाल शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि काठमाडौं केन्द्रीत सडक आन्दोलनमा रहेका शिक्षकहरू अझै पनि आन्दोलनमा रहेका हुन् । शिक्षकहरूले थप सशक्त आन्दोलनको तयारी गरिरहेका छन् । उनीहरू कुनै हालतमा शिक्षा ऐन जारी नभएसम्म घर नजाने अडानमा छन् ।

यसबीच सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक–पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार प्रणाली अनुरुप गर्नुपर्ने लगायत माग छन् ।

आन्दोलनका कारण सडकमा सवारी साधन आवत जावतमा कठिनाइ हुँदै आएको छ । शिक्षकहरुले आन्दोलनका क्रममा नृत्य, जादू, गीत, कविता जस्ता मनोरन्जनात्मक कार्यक्रम देखाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय