मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिका–५ मा ‘एक घर एक बाटो’ योजनाअन्तर्गत लिङ्गे टोलदेखि तितिरि बोटेसम्म ६ सय मिटर सडक निर्माण तथा मर्मत कार्य सम्पन्न गरिएको छ ।
स्थानीयको सहज आवागमनका लागि सडक निर्माण गरिएको वडा कार्यालयले जनाएको छ । यसैबीच, कोलुङ झर्ना पुग्ने बाटोमा पर्यटकलाई लक्षित गर्दै टहरा निर्माण गरिएको छ । टहरा गर्मीमा सितलता र बर्षातमा ओत लाग्ने स्थानका रूपमा उपयोगी हुने वडा अध्यक्ष मेघनाथ तामाङले जानकारी दिनुभयो । पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासका लागि प्रदेश सांसद विद्या चामलिङको पहलमा झर्ना जाने बाटो निर्माणमा ५ लाख रुपैयाँ बजेट प्रदेश सरकारले विनियोजन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय