काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ उषाकला राईले केन्द्रीय सदस्य अस्वीकार गरेकी छिन् ।

विघठित प्रतिनिधि सभाको सांसद समेत रहेकी नेकपाकी नेतृ राईले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर केन्द्रीय सदस्य पद अस्वीकार गरेकी हुन् । उनले केन्द्रीय सदस्य पद अस्वीकार गरेर ओलीलाई धोका दिएकी छिन् ।

‘यो कम्युनिस्ट आनदोलनमा म लागेको पनि चार दशक भएको छ । पद र पैसा केहि होइन । जनताको दुई पैसा खाइन्न । बरु भोकै मर्न तयार हुनुपर्छ भन्ने हाम्रो मान्यता छदैछ’, उनले लेखेकी छिन् ।

‘सबै प्रकारका गलत कुराहरु मुख्य गरेर भ्रस्टाचार अन्त्य गर्ने र समृद्धिको मुद्दाहरू अगाडि बढाई रहेका थियौं’, राईले भनेकी छिन्, ‘आज त्यो अलपत्र परेको छ । योबीचको विकशित राजनीतिक परिघटनामा प्रधानमन्त्री केपी ओलीले मलाई पत्याएर केन्द्रीय कमिटी जस्तो उच्च ओहोदामा राख्नु भएकोमा हृदयबाट कृतज्ञाता जाहेर गर्दछु ।’

‘मेरो ज्ञानोभावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न म असमर्थ महशुस भएको छ’, नेतृ राईले भनेकी छिन्, ‘त्यसकारण बिनम्रताका साथ उक्त केन्द्रीय कमिटी सदस्य म नरहेको सबैमा अनुरोध गर्दछु ।’

पार्टी विभाजन भएपछि ओलीले नेतृ राईलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । अहिले आएर नेतृ राईल सदस्य पद अस्वीकार गरेकी छिन् । उनले ओलीलाई साथ दिन्छिन् वा पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपालको समूहलाई साथ दिन्छिन् केही भनिएको छैन ।

नेतृ राईका पति शेरबहादुर तामाङ ओली नेतृत्वको नेकपाको केन्द्रीय सदस्य छन् । तामाङ पूर्वमन्त्री पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय