उर्लाबारी । नेकपा एमालेको दोस्रो नगर अधिवेशनबाट उर्लाबारी–७ का निरोज तिम्सिना अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
बुधबार उर्लाबारी–५ मा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालयमा सम्पन्न निर्वाचनबाट तिम्सिनाले ९० मत प्राप्त गर्दै विजयी हुनुभएको हो । अध्यक्ष पदका प्रत्यासी गोपाल रिमालले ५८ र सुरेन्द्र शेर्माले ५१ मत प्राप्त गर्नुभयो । त्यस्तै, उपाध्यक्ष पदमा सुरेश शाक्य १ सय ४४ मतसहित निर्वाचित हुनुभयो । उहाँका प्रतिष्पर्धी योगराज लाबुङले ५३ मत प्राप्त गर्नुभयो । त्यस्तै, सचिव पदमा चेतन सिग्देलले १ सय ४२ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रत्यासी सुनिल धिमालले ३६ र इन्द्रबहादुर भट्टराईले २० मत प्राप्त गर्नुभयो । त्यस्तै, उपसचिवमा नितम चौहानले १ सय २१ मतसहित निर्वाचित हुनुभयो । उहाँका प्रतिष्पर्धी भीम श्रेष्ठले ७५ मत ल्याउनुभयो । कुल २ सय ४ जना प्रतिनिधिमध्ये २ सय २ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय