
उर्लाबारी । नेकपा (एमाले) उर्लाबारीको दोस्रो नगर अधिवेशन हिजोदेखि सुरु भयो । पहिलो सत्र र बन्द सत्र भब्य रुपमा सम्पन्न भएको छ ।
नयाँ नेतृत्व चयन गर्न भने सकस परेको छ ।
अध्यक्षमा ४ जना आकांक्षीहरु टसमस भएका छैनन् । आज विहान ८ः३० बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका थियो । तर, अहिलेसम्म पनि अन्तिम नामावली प्रकाशन हुन सकेको छैन । सर्वसम्मत नेतृत्व चयन गर्ने अन्तिम कसरत भइरहेको जानकार स्रोतले बताएको छ । अध्यक्षमा निरोज तिम्सिना, सुरेन्द्र शेर्मा, गोपालप्रसाद रिमाल र यामबहादुर न्यौपानेको उम्मेद्वारी परेको छ । चारै जना अहिलेसम्म टसमस भएका छैनन् । त्यसैकारण पनि सर्वसम्मत चयन हुने सम्भावना कम छ । त्यस्तै, उपाध्यक्ष पदमा योगराज लिम्बु (लाबुङ) , सुरेश शाक्य, भरतमणि गौतम, शेरबहादुर भण्डारी र खेमचन्द्र थापाले उम्मेद्वारी दर्ता गराउनुभएको छ । त्यस्तै, त्यस्तै, सचिब पदमा चेतन सिग्देल, ईन्द्रबहादुर भट्टराई र सुनिल धिमालले उम्मेद्वारी दर्ता गराउनुभएको छ । त्यस्तैगरी, उपसचिव पदमा नितम चौहान, रुद्रप्रसाद लामिछाने, लक्ष्मीप्रसाद श्रेष्ठ र भीमबहादुर श्रेष्ठले उम्मेद्वारी दर्ता गराउनुभएको छ । त्यस्तै, महिला उपसचिवमा हिरा श्रेष्ठ र अमृता नेपालीले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।