उर्लाबारी । नेकपा (एमाले) नगर कमिटी उर्लाबारीको उपाध्यक्षमा योगराज लिम्बू (लाबुङ) ले उम्मेद्वारी दिनुभएको छ ।
युवामाझ लोकप्रिय उहाँको उम्मेद्वारीसँगै प्रतिनिधिहरुमा उत्साह थपेको छ । उर्लाबारी–५ निवासी लाबुङलाई नगर कमिटीको उपाध्यक्ष पदका लागि बलियो दाबेदार मानिएको छ । युवा र अग्रजहरुको साथ पाउनु भएका लाबुङले पार्टी शुद्धीकरण, युवाको प्रभावकारी भूमिका स्थापित गर्ने र उर्लाबारीको आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्यसहित अघि सार्नुभएको छ । एमालेका नेता तथा कार्यकर्ताहरूसँग निरन्तर छलफल र भेटघाट पश्चात उहाँले उम्मेद्वारी दिनुभएको कारण पनि यस पटक लाबुङको पल्लाभारी हुने देखिन्छ । २०६७ सालदेखि एमालेको तत्कालिन भातृ संगठन युथ फोर्स (हालको राष्ट्रिय युवा संघ) हुँदै आफ्नो राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका लाबुङले युथ फोर्सको केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हाल्नुभएके छ । हक्की स्वभाव, इमानदारिता र सहयोगी व्यक्तित्वका कारण पार्टीभित्र उहाँको छुट्टै पहिचान छ । हाल उहाँ एमाले नगर कमिटीको युवा फाँट इन्चार्जका रूपमा कार्यरत रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय