
उर्लाबारी । नेकपा (एमाले) उर्लाबारीको दोस्रो नगर अधिवेशन आजदेखि सुरु हुँदैछ ।
नेतृत्वको होडमा ४ जना देखिएपछि एक जनाले दाबी छोड्नु भएको जानकार स्रोतले बताएको छ । अध्यक्ष पदका आंकाक्षी मेघराज श्रीपाली पछि हट्नु भएको छ । उहाँले अध्यक्ष पदका उम्मेद्वार निरोज तिम्सिनालाई समर्थन गर्नुभएको बुझिएको छ । उहाँहरु दुबै जना उर्लाबारी वडा नं. ७ निवासी हुनुहुन्छ । ‘संस्थापन समूहबाट ३ जना आकांक्षी देखिएका थिए । जसमध्ये श्रीपालीले छोड्नुभयो’ जानकार स्रोतले भन्योे–‘ अब तिम्सिना र सुरेन्द्र शेर्माको दाबी रहेको छ ।’ तिम्सिनालाई संस्थापन पक्षले आधिकारिक उम्मेद्वार बनाउने तयारी गरिरहेको छ भने शेर्मा पनि अध्यक्षमा भिड्ने तयारीमा रहनुभएको छ । यता संस्थापन इतर समूहबाट गोपालप्रसाद रिमाल उम्मेद्वार बन्ने सम्भावना रहेको छ । आज दिउँसो २ः३० देखि ४ बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको छ ।