
उर्लाबारी । मोरङको उर्लाबारीमा सम्पन्न दोस्रो अन्तर कलेज फुटबल प्रतियोगिताको उपाधि राधिका माबि उर्लाबारी–६ ले जितेको छ ।
सोमबार राधिका माध्यमिक विद्यालयको खेल मैदानमा भएको फाइनल खेलमा पशुपति आवाशिय माध्यमिक विद्यालयलाई ३–१ गोल अन्तरले हराउँदै राधिकाले उपाधि जितेको हो । राधिकाको लागि पवेल राई, निशान माझी र बिगत तामाङले एक÷एक गोल गरे भने पशुपतिका भिजन खड्काले मात्रै एक गोल गरे ।
फाइनल खेलको म्यान अफ दि म्याच राधिका माबिका निशान माझी घोषित भए । राधिकाका विपीन राई उत्कृष्ट गोलरक्षक भए । बेष्ट डिफेन्सको पशुपतिका तुनामा आचार्य भए । बेष्ट मिडफिल्डर पशुपतिका अर्विन अधिकारी घोषित भए भने बेष्ट फरवर्ड पनि पशुपतिकै सुवर्ण कार्की घोषित भए । हाईस्कोरको पशुपतिकै भिजन खड्का घोषित भए । सर्वोउत्कृष्ट खेलाडी राधिका माविका दिपेश तामाङ घोषित भए । प्रतियोगिताको बिजेता राधिका माबिले नगद १ लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप–बिजेता ले ५१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक उर्लाबारी फुटबल क्लबका सचिब घनश्याम भण्डारीले बताउनुभयो । उर्लाबारी–६ का वडाध्यक्ष चिन्तामणी पौडेलले पुरस्कार वितरण गर्नुभएको थियो ।