
उर्लाबारी । नेकपा एमाले उर्लाबारी नगर कमिटीको दोस्रो अधिवेशनको तयारी पूरा भएको छ ।
भोली हुने अधिवेशनका लागि वडास्तरका प्रतिनिधिहरू, जनसंगठनका प्रतिनिधि, पर्यवेक्षक, पार्टी नेता तथा कार्यकर्ता र २ सय ४ जना प्रतिनिधिको सहभागी हुँदैछन् । मंगलबार उर्लाबारी–४ स्थित जय वशिष्ठ रिसोर्टमा विहान १०ः३० बजे सुरु हुनेछ । उक्त कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यता रहने नगर अध्यक्ष गंगाप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । अधिवेशनको उद्घाटन तथा बन्द सत्र सोही दिन दिउँसो २ बजेसम्म सम्पन्न गरी निर्वाचन प्रक्रिया सुरु गरिने बताईएको छ ।
एमाले नगर अध्यक्ष बाँस्तोलाका अनुसार पार्टीले यसपटक सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिरहेको छ । सर्वसम्मत नेतृत्व चयन हुन नसकेमा चैत २७ गते मतदान गरिने नगर अध्यक्ष बाँस्तोलाले जानकारी दिनुभयो ।