
काठमाडौं, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारमात्र भंग भएको र संसद भने जीवितै रहेको बताएका छन्।
मंगलबार बबरमहलमा भएको आफू पक्षीय केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद जीवित रहेको जिकिर गरेका हुन्।
‘केपी सरकार भंग भयो’, प्रचण्डले भने, ‘संसद भंग भएको छैन। संविधानतः संसद जीवित छ।’
प्रचण्डले ओली कम्युनिस्ट विचारबाट च्यूत भएको र निरंकुश बन्दै गएको पनि बताए।
‘कम्युनिस्ट विचारबाट उहाँ च्यूत हुनुभयो, उहाँमा कम्युनिस्ट आचरण पनि छैन’, भेलाले भने।