
उर्लाबारी । झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था दमकले शेयर सदस्यहरुको मन जित्न सफल बनेको छ ।
बनौं स्वर्णलक्ष्मी साकोसमा सदस्य बनाऔं समुन्नत भविष्य भन्ने मुल नाराको साथ स्थापना भएको यो सहकारीले शेयर सदस्यहरुको मन जित्न सफल बनेको हो । सहकारीको १६ औ“ बार्षिक उत्सवको अवसरमा उर्लाबारी क्षेत्रका असल कारोबार गर्ने आधा दर्जन शेयर सदस्यलाई सम्मान, दुई दर्जन बिद्यार्थीलाई स्कुल व्याग प्रदान गरिएको छ । सोही अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् भने २२ जनाले दाँतको निःशुल्क परिक्षण गराएका थिए । सो संस्थाले मुख्य कार्यालयसहित सबै सेवा केन्द्रमा बार्षिकोत्सव मनाएको संस्थाका ब्यवस्थापक कमल घिमिरेले जानकारी दिनुभयो ।
सो संस्थाका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षता तथा उर्लाबारी नगरपालिका वडा नं.६ का वडाध्यक्ष चिन्तामणी पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त सहकारीले सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरिएको छ । दमकमा मुख्य कार्यालय भएको उक्त संस्थाले उर्लाबारी, गौरादह, झिलझिले र सुरुङगामा सेवा केन्द्र स्थापना गरी १० हजार ५ सय जना शेयर सदस्यलाई वित्तिय सेवा पु¥याउँदै आएको छ ।