उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघले सहुलियत दरमा आगो निभाउने उपकरण (फायर इक्सटिज्युसर) विक्री वितरण सुरु गरेको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी फायर इक्सटिज्युसर विक्री वितरणको सुरुवात गरिएको हो । उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलले फायर इक्सटिज्युसर सबै उद्योगी तथा ब्यवसायीहरुमात्र नभई घरहरुमा समेत राख्न आवश्यक रहेको बताउनुभयो । उहाँले आगलागीका घटना हुन साथ फायर इक्सटिज्युसरको सहायताले आगोलाई नियन्त्रण गर्न सकिने बताउनुभयो । आवासीय आगलागीबाट जोगिनका लागि फायर एक्सटिंग्विशर (अग्निशमन यन्त्र) राख्नु जरुरी जस्तै भएको छ ।
संघले २ केजी, ४ केजी, ६ केजी र ९ केजी क्षमताका सिलिन्डरहरू सहुलियत दरमा विक्री गरिरहेको संघका अध्यक्ष तारामान सिरेङले जानकारी दिनुभयो । वाणिज्य संघले खरिद गरिएका सिलिन्डर निःशुल्क पुनः भरिदिने व्यवस्था मिलाएको उहाँको भनाई छ । २ केजी सिलिन्डरको १ हजार ७ सय , ४ केजी सिलिन्डरको १ हजार ९ सय, ६ केजी सिलिन्डरको २ हजार १ सय र ९ केजी सिलिन्डरको २ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
आगो निभाउने उपकरण खरिद गर्ने व्यक्तिहरूले उर्लाबारी–५ स्थित संघको कार्यालयमा सम्पर्क गर्नुपर्ने महासचिब सम्झना खतिवडा आचार्यले जानकारी दिनुभयो । यसअघि उर्लाबारी उद्योग वाणिज्य संघले सफलतापूर्वक उर्लाबारी महोत्सव आयोजना गरेको थियो । आगो निभाउने उपकरण रिफिल गर्ने मेसिन खरिदका लागि महोत्सव लगाइएको थियो । उक्त मेसिन खरिद गर्ने प्रक्रिया अघि बढिसकेको र चाँडै ल्याइने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय