उर्लाबारी । पूर्वपश्चिम राजमार्गअन्तरगत मोरङको उर्लाबारी–३ नयाँ मंगलबारेमा निर्माणाधिन कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा एक जना युवाको मृत्यु भएको छ ।
मंगलबार राती करिव साढे १२ बजे पूर्वबाट पश्चिमतर्फ स्कुटरमा सवारी भई जाने क्रममा निर्माणाधिन कल्भर्टमा ठोक्किएर दुर्घटना हुम्दा उर्लाबारी–८ का २८ बर्षीय मनिस लिम्बुको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
प्रहरीका अनुसार निर्माणाधिन कल्भर्ट छेउमा रहेको डाईभर्सन थाहा नहुँदा उनी सिधै कल्भर्टमा ठोक्किएका थिए । दुर्घटनाबाट घाईते भएका लिम्बुलाई तत्काल मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिएको थियो । प्रहरीका अनुसार उनको चिउडो र छातीमा चोटपटक देखिएको थियो । उनको ट्रमा सेन्टरमा उपचार सम्भव नभएपछि विराटनगरस्थित नोवेल अस्पताल रिफर गरिएको थियो । नोवेलमा उपचारकै क्रममा उनको बुधबार विहान करिव ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय एशियन हाईवे बन्ने क्रममा असुरक्षित रूपमा छाडिएको निर्माणस्थलकै कारण दुर्घटना बढ्दै गएको छ । निर्माणस्थलमा उच्च सतर्कता नअपनाउँदा र डाईभर्सनबारे चालकलाई जानकारी नहुँदा सवारी दुर्घटनामा परी अकालमै धेरैले ज्यान गुमाउनुपरेको छ । यसबारे निर्माण व्यवसायी र सरोकारवालाले गम्भिर भई सोच्न आवश्यक देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय