
उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित जीवन विकास लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।
बुधबार विहान शाखा प्रमुख ३२ वर्षीय भुपेन्द्रकुमार साह कार्यालयमै मृत भेटिएका हुन् । मोरङको झुर्किया घर भएका उनी गत मंसिर २ गतेदेखि उर्लाबारी शाखामा प्रमुखको रुपमा कार्यरत रहेको बुझिएको छ । प्रहरीले सो घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।