उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित नमूना गृहमा रहेका ६८ जना बालबालिकासँग खानपान तथा विविध कार्यक्रम गरी होली पर्व मनाइएको छ ।

सायद ११ जना मानिसहरू, मन्दिर  र पाठ को फोटो हुनसक्छ
शुक्रबार कोशी प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वाको प्रमुख आतिथ्यतामा भएको होली पर्वको दिनमा खुसियाली दिलाउनका लागि होली विशेष कार्यक्रम आयोजना गरिएको हो । पूर्वी कमाण्ड मिडिया उर्लाबारीको संयोजन भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथ प्रदेशसभा सदस्य पालुङ्वा होली पर्व सद्भाव र एकताको प्रतिक रहेको बताउनुभयो । उहाँले नमूना बाल गृहका बालबालिकाहरुसँग होली मनाउन पाउँदा खुशी लागेको बताउनुभयो । नमूना बाल गृहका बालबालिकाहरुको हितमा आफु र प्रदेश सरकारबाट सकारात्मक सहयोग रहने प्रतिबद्धता जाहेर गर्नुभयो ।

सायद ११ जना मानिसहरू, मुस्कुराइरहेका मानिसहरू, मोटरसाइकल  र रूख को फोटो हुनसक्छ

उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरेङ, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बराललगायतले होली पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । कार्यक्रममा नमूना बाल गृहकी अध्यक्ष मिनादेब िबरालले आर्थिक अभावका कारण अन्तर्राष्ट्रिय योग प्रतियोगितामा खेलाडीहरु लैजान समस्या भएको बताउनुभयो । उहाँले सबैलाई होली पर्वको शुभकामनासहित अन्तर्राष्ट्रिय योग प्रतियोगितामा खेलाडीहरु लैजान साथ र सहयोग गर्न अपिल गर्नुभयो । पूर्वी मोरङका पत्रकार, सामाजिक ब्यक्तित्वलगायतको सहभागिता रहेको थियो । पूर्वी कमाण्ड मिडियाका अध्यक्ष सरोज बस्नेतले सहयोगीदाताको भरमा सञ्चालन हुँदै आएको बाल गृहमा सबैको साथ र सहयोगको खाँचो रहेको बताउनुभयो । उहाँले सबैको साथ र सहयोगले नमूना बाल गृहलाई अघि बढ्न सहज हुने बताउनुभयो । कार्यक्रम अध्यक्ष बस्नेतको सभापतित्व एबं सञ्चार क्लब नेपालका पूर्वअध्यइा घनश्याम भण्डारीले सञ्चालन गर्नुभएको थियो ।

सायद ८ जना मानिसहरू को फोटो हुनसक्छ

सायद १० जना मानिसहरू को फोटो हुनसक्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय