मोरङ्ग मिक्लाजुङ गाउँपालिका-८ का किसानहरूले उत्पादन गरेका आलुको बीउलाई कोल्ड स्टोरमा सुरक्षित राख्ने व्यवस्था वडा नम्बर ८ ले गरेको छ। किसानहरूको समस्यालाई मध्यनजर गर्दै वडा कार्यालयले १०२ बोरा आलुको बीउ कोल्ड स्टोरमा राखिदिएको वडा अध्यक्ष प्रवेश कुँवरले जानकारी दिनुभयो।
वडा कार्यालयले आलु रोप्ने बेलामा किसानहरूलाई समयमै बीउ उपलब्ध गराउने तथा वडा भित्रका सबै किसानहरूलाई सहज रूपमा बीउ वितरण गरिने बताइएको छ। किसानहरूको माग र समस्यालाई सम्बोधन गर्दै वडा कार्यालयले कृषि उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले यो कदम चालेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय