उर्लाबारी, उर्लाबारी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको उम्मेदवार नामावली सार्वजनिक गरिएको छ। विद्यार्थीहरू मंगलबारदेखि प्रतिक्षामा थिए, तर पटक–पटक ढिलाइ हुँदा उनीहरूको धैर्य टुट्यो। अन्ततः तीव्र विरोध र चर्को नाराबाजीकाबीच प्रशासन झुक्न बाध्य भएको छ ।
बिहानैदेखि आक्रोशित विद्यार्थीहरू आज क्याम्पस प्रशासनविरुद्ध प्रदर्शनमा उत्रिए। उनीहरूको एक मात्र माग थियो— उम्मेदवारको नामावली तुरुन्त सार्वजनिक गरियोस् । उनीहरूको चर्को दबाबपछि निर्वाचन समितिले तत्काल उम्मेदवार सूची सार्वजनिक गरेको छ ।
तर यो विवाद यहीँ रोकिएन। निर्वाचन समितिका पदाधिकारीहरूले बिहिबार विहान अज्ञात पक्षबाट धम्की आएको दाबी गर्दै सामुहिक राजीनामा दिएका थिए। यसले झन् तनाव निम्त्याएको छ । क्याम्पस प्रशासनले तत्काल राजीनामा अस्वीकार गर्दै वातावरण शान्त राख्न पहल गरेको जनाएको छ ।
यता, विद्यार्थी संगठनहरू, अनेरास्ववियु र अखिल क्रान्तिकारीले निर्वाचन समितिको भूमिका विवादास्पद रहेको दाबी गर्दै विरोध जारी राखेका छन्। उनीहरूले संयोजक अम्बिका गौतममाथि निष्पक्षता कायम गर्न नसकेको आरोप लगाउँदै पुनः तालाबन्दी गरेका छन् । दिउँसो निर्वाचन समितिको कार्यकक्षमा लगाइएको तालाबन्दीले क्याम्पसमा थप तनाव सिर्जना गरेको छ।

सायद टिकट स्टब  र पाठ को फोटो हुनसक्छ

सायद पाठ को फोटो हुनसक्छ

सायद पाठ को फोटो हुनसक्छ

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय