उर्लाबारी । मोरङको उर्लाबारी–५ मा रहेको मनकामना विद्या सदनको ८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार विद्यालयका संस्थापक प्रिन्सिपल सुशन लुईटेलको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका प्रिन्सिपल लुईटेलले विद्यालयको प्रगति विवरण तथा भावी योजना प्रस्तुत गर्नुभयो ।

सायद २ जना मानिसहरू, मञ्च र 'W 8 W # A M O' भन्ने पाठ को फोटो हुनसक्छ

 

कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. ५ का सदस्यद्धय देविकला राई, विनोद धिमाल, नेपाली कांग्रेस उर्लाबारी–५ का सभापति रोहित थापा, विद्यालय बयवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण दंगाल, सञ्चार क्लब नेपाल उर्लाबारीका पूर्वअध्यक्ष सरोज बस्नेतलगायतको सहभागीता रहेको थियो । विविध सांस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनी, फुडफेस्टिबललगायत कार्यक्रम गरिएको वार्षिक उत्सव तथा अभिभावक दिवस मनाइएको छ ।

सायद १२ जना मानिसहरू, मञ्च र 'Manal ManakamanaVidhyaS ManakamanaVidhyaSadan akamana Vidhya Sadan Uriabari-5, Jhumra, Morang ANNUALFUNCTION FUNCTION DRAMA DRAMA ANNUAL SPEECT SPLEC Y2081 क््ा 0c9 DA4ICIN SLANG' भन्ने पाठ को फोटो हुनसक्छ

सो कार्यक्रमको अवसरमा जेष्ठ नागरिक मोहनकेदार रेग्मीलाई सम्मान गरिएको छ भने शिक्षकहरु लक्ष्मी विक, यशोदा रेग्मी, विशाल राई, रिया बोहोरा, तारा विक, पल्लबी भट्टराई, प्रियंका बस्नेत, दिक्षा राई, मोनिका रेग्मीलाई विभिन्न विधामा उत्कृष्ट छनौट गरी सम्मान गरिएको छ । उक्त विद्यालयमा १ सय ८३ जना विद्यार्थीहरु अध्ययरत रहेका छन् भने १८ जना शिक्षक तथा कर्मचारी रहेका छन् । १० कट्ठा क्षेत्रफलमा रहेको उक्त विद्यालयमा कक्षा ५ सम्म पढाई हुँदै आएको छ । विद्यालयले पढाईसँगै अतिरिक्त गतिबिधिहरुलाई समेत प्राथमिकता राखेर अघि बढिरहेको छ । कार्यक्रममा शिक्षिका मोनिका रेग्मीले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्रियंका बस्नेत र विशाल राईले गर्नुभएको थियो । स्थापना भएको छोटो अवधिमा मनकामना विद्या सदनले विद्यार्थी तथा अभिभावकहरुको मन जित्न सफल भएको छ ।

सायद 1 व्यक्ति, मञ्च र 'H が h FI & I i 微 3 26 F a Y' भन्ने पाठ को फोटो हुनसक्छ

सायद ७ जना मानिसहरू र भिड को फोटो हुनसक्छ

सायद ‎३ जना मानिसहरू र ‎'‎Lumcation ation is the transmiss O Urlabari-5, Manakamana Jhum NNIVERSARY ANNUAL FUN th th YEAR, &P NTS' D t ㄷ3 उम्रें র तथा अ UN28 28 UN 理 WEL النننيد NELCO EL‎' भन्ने पाठ‎‎ को फोटो हुनसक्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय